प्रभास स्टारर ‘आदिपुरुष’को तेस्रो शेड्युलको शुटिंग सुरु एजेन्सी। ‘बाहुबली’ अभिनेता प्रभास स्टारर ‘आदिपुरुष’को तेस्रो शेड्युलको शुटिंग सुरु भएको छ। यो फिल्म हिन्दु संस्कृतिको सबैभन्दा चर्चित पौराणिक कथा रामायणमा आधारित छ। फिल्ममा प्रभाससँगै सैफअलि खान,कृति सेननजस्ता स्टारहरु अहम भूमिकामा देखिनेछन्। फिल्मको दोस्रो शेड्युल पुरा भएको र निर्माताले फिल्मको तेस्रो शेड्युलको शुटिंग मुम्बईमा शुरु गरेका छन्। फिल्मका डाइरेक्टर ओम राउतले सामाजिक सञ्जालमा पोष्ट गर्दै फिल्मको शुटिंग सुरु भएको जनाए।
प्रतिक्रिया दिनुहोस्