नामलाई लिएर विवादमा तानिएपछि फिल्म ‘सत्यनारायणको कथा’को टाइटल बदलिने एजेन्सी। फिल्मको नामलाई लिएर विवादमा तानिएपछि निर्माता साजिद नाडियलवालाको फिल्म ‘सत्यनारायण’को नाम परिवर्तन गरिने भएको छ। शनिबार भोपालको एक पुलिस स्टेशनमा नामको बारेमा उजुरी परेपछि फिल्म डाइरेक्टर समीर विद्धान्सले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्मको टाइटल बदलिने घोषणा गरेका हुन्। समीरले ट्वीटरमा जनभावनालाई ठेस पु¥याउनबाट बच्नको लागि फिल्म निर्माता टिमले ‘सत्यनारायण को कथा’को टाइटल बदल्ने निर्णय गरेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्