साउनदेखि गुरुङ चलचित्र मेगा म्याक्स टेलिभिजनमा काठमाडौं। साउन १ गतेदेखि गुरुङ चलचित्रहरु मेगा म्याक्स टेलिभिजनका च्यानलमार्फत हेर्न पाइने भएको छ। मेगा म्याक्स टेलिभिजन प्रालि र मुनाल फिल्म्स प्रालिका बीच चलचित्र प्रदर्शनको सम्झौता भएको हो। यसै सम्झौता अनुरुप म्याक्स टेलिभिजनको नम्बर ७७७ मा चलचित्र हेर्न पाइने व्यवस्था गरेको हो। देशभर अहिले मेगा म्याक्सका पाँचलाख ग्राहक रहेका छन्।
प्रतिक्रिया दिनुहोस्