बलिउडका आर्ट डाइरेक्टर राजेश मारुती सापतेद्वारा आत्महत्या एजेन्सी। बलिउड फिल्म उद्योगका आर्ट डाइरेक्टर राजेश मारुती सापतेले पुनेमा आत्महत्या गरेका छन्। आत्महत्याअघि एक भिडियो शेयर गर्दै राजेशले श्रम युनियनसँग जोडिएका राकेश मौर्यले आफूलाई मानसिक रुपमा प्रताडित गरेका कारण आफूले आत्महत्या गर्नुपरेको गम्भीर आरोप लगाएका छन्। ‘मलाई श्रम युनियनसँग जोडिएका राकेश मौर्यले मानसिक रुपमा निकै दुःख दिए। यसबाट थकित भएको म आज आत्महत्या गर्दैछु’, भिडियोमा राजेश मारुतीले भनेका छन्।
प्रतिक्रिया दिनुहोस्