बलिउड अभिनेता अमिर खान र किरण रावको सम्बन्धविच्छेद एजेन्सी।विवाहको १५ वर्षपछि बलिउड अभिनेता अमिर खान र किरण रावले सम्बन्ध टुंग्याउने निर्णय गरेका छन्।अमिर र किरणले एक सयुक्त वक्तव्यमा दुबैले सम्बन्धविच्छेद गर्ने निर्णय गरेको बताएका हुन्।‘यी १५ सुन्दर वर्षहरुमा हामीले एकसाथ जीवनभरको अनुभव,आनन्द र खुशी शेयर गर्‍यौं।हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेममा अघि बढ्यो। अब हामी नयाँ अध्याय सुरु गर्न चाहन्छौं’, संयुक्त वक्तव्यमा अमिर र किरणले लेखेका छन्।
प्रतिक्रिया दिनुहोस्