गदरको रिमेकमा पनि सनी र अमिषा हुने काठमाडौं। सन् २००१ मा पर्दशन भएको बलिउड चलचित्र गदरको रिमेक बन्ने भएको छ। त्यसबेला यस चलचित्रमाा सनी देओल र अमिषा पटेलले प्रमुख भूमिका निर्वाह गरेका थिए। भारतीय मिडियाका अनुसार दर्शकहरुले उक्त चलचित्र औधी रुचाएका कारण २० वर्षपछि फेरि गदर–२ बन्न लागेको हो। उक्त चलचित्रको सिक्वेलमा पनि प्रमुख भूमिका सनी र अमिषा हुने भारतीय मिडियाले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्