तापसीको टिप्पणीप्रति कंगनाको जवाफ एजेन्सी। हालै एक अन्र्तवार्ताका दौरान ट्वीटरमा नभएका कारण कंगना रनौतलाई याद गर्ने वा नगर्ने भन्ने प्रश्नमा अभिनेत्री तापसी पन्नुले कंगनाले आफ्नो जीवनमा कुनै महत्व नराख्ने बताएपछि कंगनाले यसलाई अप्रासंगिक टिप्पणी भएको बताएकी छन्। कंगनाले इन्स्टाग्राम स्टोरीमा एक पोस्ट गर्दै कुनैबेला निर्मातासँग कामको भिख माग्ने अभिनेत्रीले आफ्नो बारेमा अप्रासंगिक टिप्पणी गरेको बताउँदै तापसीलाई आफ्नो नामको बिना फिल्म प्रमोट गर्न भनेकी छन्।
प्रतिक्रिया दिनुहोस्