‘नेसनल डाक्टर्स डे’का दिन बलिउड कलाकारले दिए डाक्टरहरु तथा स्वाथ्यकर्मीहारु धन्यवाद
एजेन्सी। भारतमा आज ‘नेसनल डाक्टर्स डे’ मनाइँदैछ। यस खास दिनमा कोरोना महामारीमा फ्रन्टलाईनमा रहेर काम गरिरहेका डाक्टरहरुलाई बलिउडमा धेरै कलाकारहरुले आफ्नै अन्दाजमा धन्यवाद दिएका छन्। बलिउडका सोनु सूद, रबिना टन्डन,सोनाक्षी सिन्हा, श्रुति हसन र दिब्या दत्तले फ्रन्टलाईनमा रहेर काम गरिरहेका डाक्टरहरु तथा स्वाथ्यकर्मीहरु वास्तविक हिरो भएको भन्दै उनीहरुलाई धन्यवाद दिएका हुन्। अभिनेता सोनूले स्वास्थकार्मीहरुले विपदका बेला सेनालेझैं काम गरेको बताए।
प्रतिक्रिया दिनुहोस्
