ब्रिट्नी स्पियर्सका बुवा नै उनको संरक्षक कायम
बीबीसी। अमेरिकी अदालतले चर्चित गायिका ब्रिट्नी स्पियर्सको बुवालाई उनको संरक्षकबाट हटाउने माग अस्वीकार गरेको छ। गतवर्ष नोभेम्बरमा स्पियर्सका वकिलले लस एन्जलसको अदालतमा जेमी स्पियर्सलाई गायिकाको संरक्षकबाट हटाउन याचिका दायर गरेका थिए। गायिका आफ्नो बुवाबाट डराएको र त्यसैले सन् २००८देखि एकल संरक्षकको भूमिकामा रहेका उनलाई हटाउन चाहेको बताइएको थियो। गायिकाले गतसाता अदालतलाई दिएको२३ मिनेट लामो बयानको सुनुवाई भने नभएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्
