जन्मदिनमा ट्रोलको शिकार बनिन् रिया चक्रवर्ती एजेन्सी। बलिउड अभिनेत्री रिया चक्रवर्तीले इन्स्टाग्राममा शेयर गरेको एक भिडियोका कारण ट्रोलको शिकार बनेकी छन्। जुलाई १ अर्थात् आज रियाले आफ्नो जन्मदिनको उपलक्ष्यमा एक बिरामी बच्चाका लागि आर्थिक सहयोग मागेको भिडियो इन्स्टाग्राममा शेयर गरेपछि अरुको अगाडी राम्रो देखाउन नाटक गरेको भन्दै मजाक उडाइएको हो। त्यस्तै प्रयोगकर्ताहरुले रिया कसैको लागि सहयोग माग्न लायकको नभएको पनि बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्