दिलिप कुमारको स्वास्थ्य अवस्था स्थिर
एजेन्सी। श्वासप्रश्वास सम्बन्धी समस्या भएपछि मंगलबार अस्पताल भर्ना गरिएका बलिउड अभिनेता दिलिप कुमारका साथी फैसल फारुकीले उनको स्वास्थ्य अवस्थाको जानकारी दिएका छन्। फारुकीले दिलिपको ट्विटर अकाउन्टका एक पोस्ट शेयर गर्दै अभिनेतालाई उमेर सम्बन्धी समस्याका कारण अस्पताल भर्ना गरिएको बताएका छन्। उनले दिलिप ९८ वर्षका भएकाले उमेरसम्बन्धी समस्या देखिएको र हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका हुन्।
प्रतिक्रिया दिनुहोस्
