१५ जुलाईदेखि ‘भुलभुलैया–२’ छायांकन सुरु हुने
एजेन्सी। सशर्त फिल्म छायांकनको अनुमतिसँगै मुम्बईमा २ जुलाईबाट ‘भुलभुलैया–२’ को सेट तयार गरिने भएको छ। फिल्म निर्माता १५ जुलाईदेखि फिल्मको बाँकी भागको छायांकन पूरा गर्न लागेका छन्। पछिल्लो डेढ वर्षदेखि कोरोना र लकडाउनका कारण फिल्मको मात्रै २५ दिन छायांकन भएको थियो। अब फिल्मको अरु ४० दिनको छायांकन बाँकी रहेको छ। फिल्मको मुख्य पात्रको रुपमा कार्तिक आर्यन रहेका छन्।
प्रतिक्रिया दिनुहोस्
