शाहरुख खानलाई फिल्म करियरको सल्लाह दिँदै केआरके
एजेन्सी। बलिउड अभिनेता सलमान खानको फिल्ममा नकारात्मक टिप्पणीका कारण चर्चामा आएका कमाल रसिद खान (केआरके) हाल अभिनेता शाहरुख खानलाई फिल्मी करियरको बारेमा सल्लाह दिएका छन्। उनले शाहरुखले हाल दक्षिण भारतका निर्देशकसँग काम गर्न लागेको बारेमा ट्विट गरेका छन्। कमालले दक्षिण भारतका निर्देशक अरुण कुमारलाई हिन्दी फिल्म दर्शकको बारेमा केही जानकारी नभएको भन्दै शाहरुखलाई उनीसँग काम नर्गन सल्लाह दिएका हुन्।
प्रतिक्रिया दिनुहोस्
