काठमाडौं। अहिलेको पुस्ताका चर्चित नायक अनमोल केसीसँग चलचित्र ‘क्याप्टेन’मा रोमान्स गरेर उपासना सिंह ठकुरी एकाएक चर्चामा आइन्। आफ्नो ‘डेब्यू’ चलचित्रबाटै उनले सुन्दरतासँगै अभिनयको पनि भरपुर चर्चा बटुलिन्।
त्यसकै परिणाम उपासना ‘कबड्डी कबड्डी कबड्डी’मा छानिइन्, जुन यस वर्षको ‘ब्लकबस्टर’ सिनेमा बन्न पुग्यो। लगातार दुई चलचित्र सफल भएपछि उनको चर्चा चुलिनु स्वाभाविक थियो।
तर, यहीबीचमा उनी सिनेमा क्षेत्रबाट हराइन्। किन त? स्नातक तह तेस्रो वर्षमा अध्ययनरत उपासना भन्छिन्, “पढाइ अघि बढाउन।”
चलचित्रमा व्यस्त भएपछि उनको पढाई छुट्न थाल्यो। बिस्तारै कलेजले पनि नियमित उपस्थित हुन कडाई गर्यो। “पढाइका कारण चलचित्र क्षेत्रबाट तत्काल टाढै बस्ने निधो गरें”, उपासनाले देखापढीसँग भनिन्, “अहिले नियमित कलेज गइरहेकी छु, अबको ६ महीना पूर्णतया पढाइमा व्यस्त हुन्छु।”
" /> काठमाडौं। अहिलेको पुस्ताका चर्चित नायक अनमोल केसीसँग चलचित्र ‘क्याप्टेन’मा रोमान्स गरेर उपासना सिंह ठकुरी एकाएक चर्चामा आइन्। आफ्नो ‘डेब्यू’ चलचित्रबाटै उनले सुन्दरतासँगै अभिनयको पनि भरपुर चर्चा बटुलिन्।त्यसकै परिणाम उपासना ‘कबड्डी कबड्डी कबड्डी’मा छानिइन्, जुन यस वर्षको ‘ब्लकबस्टर’ सिनेमा बन्न पुग्यो। लगातार दुई चलचित्र सफल भएपछि उनको चर्चा चुलिनु स्वाभाविक थियो।

">