पत्नी निशाद्वारा टेलिचलचित्र अभिनेता करण मेहरा र उनको परिवारविरुद्ध उजुरी दर्ता एजेन्सी। पत्नी निशा रावलको निवेदनपछि भारतको चर्चित टेलिचलचित्र अभिनेता करण मेहरा र उनको परिवारविरुद्ध भारतको गोरेगाउँ पुलिश स्टेशनमा उजुरी दर्ता भएको छ। उजुरीमा निशाले करणको परिवारका अजय मेहरा, बेला मेहरा र कुणाल मेहरालाई पनि कुटपीटको आरोप लगाएकी छन्। त्यस्तै निशाले करणमाथि उनको खाताबाट एककरोड भारु निकालेको आरोपसमेत लगाएकी छन्। यसअघि ३१ मेमा पनि पुलिसले निशाको उजुरीपछि करणलाई पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस्