चर्चामा खुशीको ग्ल्यामरस रेड लुक
एजेन्सी। बलिउड अभिनेत्री जाह्नवी कपुरकी बहिनी खुशी कपुर हाल आफ्नो ग्ल्यामरस फोटोका कारण चर्चामा रहेकी छन्। खुशीले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा रातो स्विमसूट र लेदर प्यान्टस्मा ग्ल्यामरस फोटोहरु शेयर गरेकी छन्। खुशीको यी फोटोहरुले हाल सामाजिक सञ्जालमा निकै चर्चा पाएका छन्। खुशीको फोटोमा उनको डे«सअपदेखि मेकअपसम्म सबै रातो देख्न सकिन्छ। उनले रातो स्विमसुट र लेदर प्यान्ट्ससँगै रातै लिपस्टिक लगाएकी छन्।
प्रतिक्रिया दिनुहोस्
