फिल्म करियरका लागि इरफानका छोरा बबिलले छाडे पढाई एजेन्सी।दिवंगत बलिउड अभिनेता इरफान खानका छोरा बबिल खानले फिल्म करियरका लागि पढाई छाडेका छन्। उनले कलेज छोडेको जानकारी आफ्नो इन्स्टाग्राम ह्यान्डलबाट दिएका हुन्। सोमबार बबिलले इन्स्टाग्राममा केही फोटोहरु शेयर गर्दै क्याप्सनमा आफ्ना साथीहरुलाई धन्यवाद लेखेका छन्। बबिल चाडै नै नेटफ्लिक्स फिल्म ‘काला’बाट डेब्यु गर्दैछन्। फिल्मलाई अन्विता दत्तले निर्देशन गरेकी हुन् भने फिल्ममा तृप्ति डिमरी बबिलको अपोजिट रोलमा रहेकी छन्।
प्रतिक्रिया दिनुहोस्