चक्रावत र लकडाउनपछि आलियाले पुरा गरिन गंगुबाईको सुटिङ
एजेन्सी। बलिउड अभिनेत्री आलिया भट्टले झण्डै दुई वर्षपछि गंगुबाई काठियाबाडीको सुटिङ पुरा गरेकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रको सेट मेकिङका दौरान दुईपटक लकडाउन, दुई चक्रावत र डायरेक्टर र कलाकारमा कोरोना संक्रमणको सामना गर्नुपरेको थियो। चलचित्रको छायांकन २०१९ डिसेम्बर ८ तारिखबाट सुरु गरिएको थियो। आलियाले एक फोटो शेयर गर्दै चलचित्रको छायांकन सकिएको जानकारी दिएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्
