पाकिस्तानी प्रधानमन्त्रीको फिल्मकर्मीलाई सुझाव– कहिलेसम्म बलिउडको नक्कल गर्छौ, मौलिक फिल्म बनाउ एजेन्सी।पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्ना देशका फिल्मकर्मीलाई मौलिक फिल्म बनाउन सुझाव दिएका छन्।सर्ट फिल्म फेस्टिभलमा बोल्दै उनले भने,“कहिलेसम्म बलिउडबाट नक्कल गर्छौं, केही मौलिक फिल्म बनाउ।नक्कल गरिएका फिल्मको कुनै मूल्य हुँदैन।” सुरुदेखि नै पाकिस्तानको फिल्म उद्योग बलिउडबाट प्रभावित रहेको उनले बताए। यसैकारण भारतीय संस्कृतिको नक्कल हुँदै आएको समेत उनले जनाए। उनले युवा फिल्मकर्मीहरुबाट आफूले मौलिक फिल्म बन्ने विश्वास लिएको बताए।
प्रतिक्रिया दिनुहोस्