धनुषले खरिद गरे १५० करोडको नयाँ घर एजेन्सी। साउथ इन्डियन सुपरस्टार धनुषले चेन्नईमा भारु १५० करोडको नयाँ घर खरिद गरेका छन्। खबरअनुसार सो घर १९ हजार स्क्वायर फिटमा फैलिएको छ। तर धनुषले भने हालसम्म घरका विषयमा कुनै पनि प्रतिक्रिया जनाएका छैनन्। उनले हालसम्म थुप्रै सुपरहिट साउथ इन्डियन चलचित्रहरुमा काम गरिसकेका छन्। हाल उनी ‘द ग्रे मेन’को सुटिङका लागि युकेमा व्यस्त रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्