जातीय विभेदविरुद्ध नायिका केकीको ऐक्यबद्धता
काठमाडौं।नायिका केकी अधिकारीले जानी/नजानी कुनै न कुनै प्रकृतिको,भावनाको,सोचको भेदभाव तथा विभेद सबै भित्र दृश्य/अदृश्य रुपमा जकडिएको बताएकी छन्।उनले आफ्नो फेसबुकमा लेखेकी छन्,“अहिलेसम्म आफूबाट भएको वा हुन गएको सबै खालको व्यवहारिक एवम् वैचारिक विभेद वा त्यस किसिमको सोच र त्यसबाट पर्न गएको असरका लागि म अन्तरहृदयबाट क्षमाप्रार्थी छु।”उनले विभेद अन्तको लागि सबैलाई विवेक र शक्ति मिलोस भन्ने कामना गरेकी छन्।
प्रतिक्रिया दिनुहोस्
