शाओमीको एमआई टिभी–६ सिरीजमा ४८ मेगापिक्सलको ड्युल–क्यामेरा सेटअप र १०० वाटको स्पीकर्स एजेन्सी। २८ जुनमा लन्च हुने एमआई टिभी–६ सिरिजको कम्पनीले हाल लगातार प्रमोशन पोस्टर्स रिलिज गरिरहेको छ। कम्पनीले हालै एक टिजर जारी गर्दै स्मार्ट टिभीमा ४८ मेगापिक्सलको ड्युल–क्यामेरा सेटअप र टिभीमा १०० वाटको स्पीकर्स हुने बताएको छ। हाल बजारमा १०० वाट स्पीकर्सको स्मार्टटिभी रहेपनि शाओमीको भने यो पहिलो हो।
प्रतिक्रिया दिनुहोस्