सलमानसँग केआरकेले मागे माफी एजेन्सी। बलिउड अभिनेता सलमान खानको फिल्म राधेको नकारात्मक समिक्षाका कारण चर्चामा आएका समिक्षक कमाल आर खान (केआरके)ले सलमानसँग माफी मागेका छन्। केआरकेले सामाजिक सञ्जालमा एक पोस्टमा आफूले सलमानसँग सम्बन्धित सबै भिडियोहरु डिलिट गरेको बताउँदै आफ्नो उदेश्य सलमानलाई भावनात्मक रुपमा ठेस पुर्‍याउनु नरहेकोसमेत बताए। केआरकेले अदालतमा सलमानविरुद्ध मुद्धा लड्न भने नछोड्ने बताए। उनले अदालतले आदेश दिएमात्रै सलमानको फिल्मको समिक्षा गर्नेसमेत बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्