करिश्माको जन्मदिनमा बहिनी करिनाको खास शुभकामना
एजेन्सी। जुन २५ अर्थात् आज आफ्नो ४७औं जन्मदिन मनाईरहेकी बलिउड अभिनेत्री करिश्मा कपूरलाई बहिनी करीना कपूरले सामाजिक सञ्जालमा फरक तरिकामा जन्मदिनको बधाई दिएकी छन्। इन्स्टाग्राममा एक भिडियो शेयर गरेकी करीनाले करिश्मालाई आफ्नो दोस्रो आमा भन्दै शुभकामना दिएकी हुन्। करिनाले भिडियोसँगै क्याप्सनमा करिश्मा आफ्नो लागि सबैभन्दा खास रहेको बताएकी छन्। बलिउडमा यी दुईलाई प्रभावशाली दिदीबहिनीको जोडीको रुपमा लिइन्छ।
प्रतिक्रिया दिनुहोस्
