सलमानविरुद्ध उच्च अदालतमा जाने केआरकेको निर्णय एजेन्सी। मुम्बई सिटी सिभिल कोर्टले बुधवार अभिनेता सलमान खानमाथि कुनै पनि प्रकारको पोस्ट गर्न नसक्ने भन्ने अन्तरिम आदेश जारी गरेपछि कमाल आर खान (केआरके)ले उच्च अदालत जाने निर्णय गरेका छन्। केआकेले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफूलाई अदालतले भिडियो हटाउने आदेश नदिएको बताए। उनले अदालतको फैसला आफूले पढेको बताउदै यसबिरुद्ध उच्च अदालतमा जाने निर्णय गरेको बताए।
प्रतिक्रिया दिनुहोस्