केआरकेले अबदेखि सलमानको कुनै पनि कुरामा टिप्पणी गर्न नपाउने एजेन्सी। मुम्बई सिभिल कोर्टले बुधबार सलमान खानद्वारा दायर कमाल आर खान (केआरके) विरुद्धको मानहानी मुद्धाको अन्तरिम आदेश सार्वजनिक गरेको छ। आदेशमा अदालतले अबदेखि केआरकेले सलमानको कुनै पनि व्यावसायिक विषय तथा फिल्ममा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भिडियो बनाउन, पोष्ट, ट्वीट र टिप्पणी गर्न मनाही गरेको छ। मानहानी मुद्धामा सलमानले केआरकेले आफूलाई ९० लाख हर्जना बुझाउनुपर्ने मागसमेत गरेका थिए।
प्रतिक्रिया दिनुहोस्