जेएनयू प्रकरणले दीपिका पादुकोणसँग बढ्यो विज्ञापन कम्पनीको दूरी

काठमाडाैं। बलिउड अभिनेत्री दीपिका पादुकोण दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) गएपछि हंगामा मच्चियो।

दीपिका जेएनयूमा चलिरहेको विरोध प्रदर्शनमा छात्राहरू समर्थन गर्न गएकी थिइन्। दीपिका प्रदर्शनमा सहभागी भएपछि उनको विरोध तथा समर्थन दुवै भएको छ।

सामाजिक सञ्जालमा दीपिकाको हालै प्रदर्शनमा आइरहेको चलचित्र ‘छपाक’ लाई प्रतिबन्ध लगाउनुपर्ने समेत आवाज उठ्यो। दीपिका उक्त कार्यक्रममा सहभागी भएपछि उनीमाथि कंग्रेस भएको आरोप पनि लागेको छ।

दीपिका विवाद आएपछि विज्ञापन कम्पनी पनि डराउन थालेका छन्। भारतीय सञ्चारमाध्यमले जनाएका अनुसार उनी विज्ञापन तथा फिल्मको लागि धेरै चार्ज लिने अभिनेत्रीभित्र पर्छिन्।

कोका–कोला तथा एमेजन जस्ता रिप्रेजेन्ट गर्नेवाला मीडियाब्राण्डका चिफ एक्जिक्युटिभ शशि सिन्हाले आफ्नो ब्राण्डहरू सामान्य तरिकाले चल्ने तर, कुनै विवादमा फस्न नचाहने बताइन्।

प्रतिक्रिया दिनुहोस्