बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ रासस। बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’को छायाङ्कन सकिएको छ। द पाल्म ग्रुप प्रालिद्वारा निर्माण गरेको उक्त चलचित्र डोल्पाको फोक्सुण्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायत विकट गाउँबस्तीमा पुगेर छायाङ्कन गरिएको छ। डोल्पा,हुम्ला, मुगु, मुस्ताङलगायत हिमाली जिल्लामा अझै पनि कायमै रहेको बहुपति प्रथालाई टुल्कीमार्फत देखाइएको निर्माता शेखर लामाले बताए। “निकै जोखिम मोलोर खिचिएको यस चलचित्रका लागि झण्डै चार वर्ष अनुसन्धान नै गरें”,निर्माता लामाले भने।
प्रतिक्रिया दिनुहोस्