भड्काउने भाषण गरेको आरोपमा मिथुन चक्रवर्तीसँग सोधपुछ बीबीसी।भारतको कोलकाता प्रहरीले बलिउड अभिनेता तथा भारतीय जनता पार्टीका नेता मिथुन चक्रवर्तीसँग सोधपुछ गरेको छ। विधानसभा निर्वाचनका बेला उनले सर्वसाधरण भड्काउने किसिमको भाषण गरेको आरोपमा सोधपुछ गरिएको प्रहरीले जनाएको छ। कोरोना महामारीलाई ध्यानमा राखी मिथुनसँग प्रहरीले भर्चुअली ४५ मिनेट सोधपुछ गरेको थियो। कोलकाता उच्च अदालतमा मिथुनविरुद्ध मुद्दा पनि परेको छ। उक्त मुद्दा खारेजीको माग गरेपनि अदालतले अस्वीकार गरेको थियो।
प्रतिक्रिया दिनुहोस्