दीपकले स्वीकारे जितुसँगको मतभेद
काठमाडौं। कुनै बेला मुन्द्रेको कमेडी क्लब सोबाट दीपाश्रीलाई हटाउन जितु नेपालको ठूलो भूमिका रहेको भन्दै दीपक–दीपाले पनि जितुलाई समूहबाट निकालेको चर्चा धेरै चलेको थियो। यसैबीच मंगलबार पर्न गएको जितुको जन्मदिनको अवसरमा दीपकराजले जितुसँग मतभेद भएको कुरा घुमाउरो तरिकाले स्वीकारेका छन्।दीपकले सामाजिक सञ्जालमा बेलाबेला कहिलेकाहीँ मतभेदका छालहरु एकअर्कासँग ठोकिए पनि आफूहरुको गति कहिले नरोकिएको बताउँदै जितुलाई जन्मदिनको शुभकामना दिएका छन्।
प्रतिक्रिया दिनुहोस्
