अभिनेता सुशान्त सिंहको मृत्युको एक वर्ष, सीबीआईको अनुसन्धानप्रति परिवार असन्तुष्ट एजेन्सी। दिवांगत अभिनेता सुशान्त सिंह राजपूतको निधनको आज एक वर्ष पुगेको छ। अभिनेताको निधनको वर्षदिन पुगिसक्दा पनि ‘रहस्यमय मृत्यु’को अनुसन्धान गरिरहेको भारतको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)प्रति परिवारजनले असन्तुष्टि व्यक्त गरेका छन्। बिहारका मन्त्रीसमेत रहेका सुशान्तका भाइ नीरज बबलूले आफ्नो भाइ बिहारको ‘आइकन’ भएको बताउँदै अहिलेको जस्तो जाँचले अगाडि सीबीआईप्रतिको विश्वास घट्ने बताए।
प्रतिक्रिया दिनुहोस्