वर्षाले एक हप्तामा घटाइन् दुई केजी तौल
काठमाडौं। नायिका वर्षा सिवाकोटिले निषेधाज्ञाको समयमा एक हप्ताभित्र दुई किलो तौल घटाएकी छन्। मानिसहरुले निषेधाज्ञाको समय कसरी बिताउने भनेर सोचिरहेका समयमा नायिका सिवाकोटिले उक्त समय शारिरीक व्यायमलाई दिएकी छन्। सोमबार सामाजिक सञ्जाल इन्टाग्राममा र फेसबुकको स्टोरीमा व्यायम गरेपछि खिचेको तस्बीर सार्वजनिक गरेकी हुन्। एक हप्तामा दुई केजी तौल घटाउन सफल भएको र थप६ केजी अझै घटाउने कुरा उनले बताएकी छन्।
प्रतिक्रिया दिनुहोस्
