प्रतिष्ठानद्वारा निषेधाज्ञाका कारण प्रभावित ५०० कलाकारलाई राहत वितरण
काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निषेधाज्ञाका कारण प्रभावित भएका ५ सय जना कलाकारलाई राहत वितरण गरेको जनाएको छ। उनीहरुलाई १२ लाख रुपैयाँ बराबरको चामल, दाल नुन, चिनी, मसलालगायत अत्यावश्यक सामग्री उपलब्ध गराइएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश विजीले बताए। महामारीका कारण धेरै कलाकार अप्ठेरोमा परेपछि प्रतिष्ठानले ‘रोगबाट आफैं जोगिनुहोस्, भोकबाट हामी जोगाउँछौँ’ अभियान सुरु गरेको हो।
प्रतिक्रिया दिनुहोस्
