तस्बीरसँगै चर्चामा शिल्पाको सारी
एजेन्सी। हाल डान्स रियालिटी शो ‘सुपर डान्सर च्याप्टर ४’ को निर्णायकको भूमिकामा रहेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीले हालै आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एक सुन्दर तस्बीर शेयर गरेकी छन्। कालो सारीमा देखिएकी शिल्पाको तस्बीर र सारी दुवैले सामाजिक सञ्जालमा निकै चर्चा बटुलिरहेको छ। उक्त सारीको मूल्य ४६ हजार भारु रहेको सार्वजनिक भएको छ। शिल्पा उक्त सारीमा डान्स रियालिटी शोको आउँदो शोमा देखिँदैछिन्।
प्रतिक्रिया दिनुहोस्
