फिल्म निर्मात्री आयशा सुल्तानविरुद्ध राज्यद्रोहको मुद्धा दर्ता
एजेन्सी। भारत केन्द्र सरकारद्वारा शासित लक्ष्यद्धिपमा भारतीय फिल्म निर्मात्री आयशा सुल्तानाविरुद्ध भारत राज्यद्रोहको मुद्धा दर्ता गरिएको छ। आयशामाथि टेलिभिजन बहसका क्रममा ‘जैविक हतियार’ भन्ने टिप्पणीका कारण राज्यद्रोहको आरोप लगाइएको हो। आयशामाथि भाजपा लक्ष्यद्धिप इकाईका अध्यक्षले मुद्धा दर्ता गराएका हुन्। अध्यक्षका अनुसार सुल्तानाले एक मलयामलम च्यानलमा बहशका क्रममा केन्द्र सरकारले लक्ष्यद्धिपमा कोरोना प्रशारको लागि ‘जैविक हतियार’को प्रयोग गरेको बताएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्
