चर्चित तामिल फिल्म ‘मास्टर’को हिन्दी रिमेकमा सलमान देखिने एजेन्सी। हालै रिलिज भएको राधेपछि ‘टाइगर ३’ मा लागेका बलिउड अभिनेता सलमान खान तामिलको चर्चित फिल्मको रिमेकमा देखिने भएका छन्। टाइम्स अफ इन्डियाका अनुसार सलमान तामिल सुपरहिट फिल्म ‘मास्टर’को रिमेकमा देखिँदैछन्। खबरअनुसार फिल्मको स्क्रिप्टमा केही परिवर्तन हुनेछ। फिल्मको आधिकारिक घोषणा हुन भने बाँकी रहेको छ। तामिलमा लोकेश कनगराजद्वारा निर्देशित यस फिल्म दक्षिण भारतका चर्चित अभिनेता जोन दुरैराज (विजय)लिड रोलमा थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्