‘म यस्तो गीत गाउँछु-२’ को ‘दुःखको काँडा’ सार्वजनिक
काठमाडौं। चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ को दोस्रो गीत ‘दुःखको काँडा’ सार्वजनिक गरिएको छ।

अर्जुन पोखरेलको संगीत, देवल भण्डारीको शब्द रहेको गीतमा सनिष श्रेष्ठले स्वर दिएका छन्।

रामजी लामिछानेको कोरियोग्राफी रहेको यो गीतको भिडिओलाई सौरभ लामाले खिचेका छन्। गीतको भिडिओमा मुख्य कलाकारद्धय नायक पल शाह र नायिका पूजा शर्मालाई फिचरिङ गरिएको छ।

यसअघि सार्वजनिक पहिलो गीत ‘तिम्रो घरको वरिपरी’ले युटुबमा ५० लाख भ्यूज बटुलेको छ। सुदर्शन थापाको निर्माण तथा निर्देशन रहेको चलचित्र लभ स्टोरी कथामा बनेको छ।

२३ फागुनबाट प्रदर्शनमा आउने चलचित्रको जन्म जय र साम्पाङ राई सह-निर्माता हुन्।

प्रतिक्रिया दिनुहोस्