मनोज बाजपेयीको नयाँ वेब सिरिज ‘रे’ को ट्रेलर सार्वजनिक एजेन्सी।नयाँ वेबसिरिज ‘द फ्यामिली म्यान–२’ का कारण हाल चर्चामा रहेका बलिउड अभिनेता मनोज बाजपेयीको आउँदो वेब सिरिज ‘रे’ को ट्रेलर सार्वजनिक भएको छ।मनोजले सामाजिक सञ्जालमा ‘रे’ को एक पोस्टर शेयर गर्दै सिरिज जुन २५ मा नेटफ्लिक्समा प्रिमियर हुने बताए।सिरिजमा मनोजसँगै गजराज राव, के.के मेनन,स्वेता बसु प्रसाद पनि रहेका छन्। सिरिजलाई श्रीजीत मुखर्जी, बसन बाला र अभिषेक चौवेले निर्देशन गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्