‘एनआरएन द सिङ्गर’ मा सहभागी हुन वरिष्ठ संगीतकार बाँस्कोटाले गरे अपिल काठमाडौं।वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाले विश्वभरी छरिएर रहेका नेपाली सांगीतिक प्रतिभालाई ‘एनआरएन द सिङ्गर’मा भाग लिनका लागि आह्वान गरेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को साप्ताहिक श्रृङ्खला ‘प्रवासी प्रवाह’ मा बोल्दै उनले विदेशमा छरिएर रहेका सबै नेपाली भाषी प्रतिभालाई भाग लिन आह्वान गरेका हुन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्न लागेको ‘एनआरएन द सिङ्गर’ कार्यक्रममा बाँस्कोटा निर्णायकका रुपमा छन्।
प्रतिक्रिया दिनुहोस्