‘द फ्यामिली म्यान’ को तेस्रो सिरिज डेढ वर्षपछि आउने
एजेन्सी।केही समयअघि रिलिज भएको बलिउड अभिनेता मनोज बाजपेयी र दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्था अक्किनेनी अभिनित वेब सिरिज ‘द फ्यामिली म्यान’ को तेस्रो सिरिज सबै कुराले साथ दिएमा डेढ वर्षपछि आउने अभिनेता बाजपेयीले बताएका छन्।बाजपेयीले एक अन्तर्वार्तामा आफूलाई अमेजनले सिरिजलाई अघि बढाउने आशा रहेको बताउँदै परिस्थिति सोचे अनुरुपको भए तेस्रो सिरिज डेढ वर्षमा तयार हुने बताएका हुन्।
प्रतिक्रिया दिनुहोस्
