बलिउड अभिनेता दिलीप कुमार अस्पतालबाट डिस्चार्ज हुँदै एजेन्सी। बलिउडका चर्चित अभिनेता दिलीप कुमार मुम्बईस्थित हिन्दुजा अस्पतालबाट आज डिस्चार्ज हुँदैछन्। केही दिनअघि श्वासप्रश्वासमा समस्या भएपछि दिलिप कुमारलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालबाट डिस्चार्ज हुने जानकारी उनका पारवारिक मित्र फैजल फारुकीले दिएका हुन्। फैजलले दिलिपको ट्विटर ह्यान्डलमा एक पोष्ट शेयर गर्दै आफूले व्यक्तिगत रुपमा डाक्टरहरुसँग कुरा गरेको र उनीहरुले दिलीपलाई बिहीबार डिस्चार्ज गरिने बताएको उल्लेख गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्