काम नपाएपछि कंगनाले भनिन्, ‘अघिल्लो वर्षको ट्याक्स पनि तिर्न सकिनँ’
एजेन्सी। बलिउड अभिनेत्री कंगना रनौतले कोरोना महामारीका कारण काम नपाउँदा अघिल्लो वर्षको आधा ट्याक्स तिर्न नसकेको बताएकी छन्। इन्स्टाग्राममा उनले आपूm बलिउडमा सबैभन्दा बढी कमाई गर्ने नायिका भएको दाबी गर्दै पछिल्ला दिन काम नहुँदा ट्याक्स तिर्नसमेत नसक्ने अवस्था आएको बताएकी हुन्। जीवनमा पहिलोपटक यस्तो भएको उनले भनाई छ। उनले आफ्नो आयको ४५ प्रतिशत रकम ट्याक्स बुझाउने गरेको जनाएकी छन्।
प्रतिक्रिया दिनुहोस्
