फिल्मको सेट भत्काउनुपर्दा ‘टाइगर ३’ निर्मातालाई ९ करोड नोक्सान
एजेन्सी।सलमान खान र कटरिना कैफ स्टारर ‘टाइगर ३’ को फिल्म सेट भत्काईएको खबर सार्वजनिक भएको छ।एक्सन फिल्मको सेट मार्च २०२१ दोस्रोपटक तयार गरिएपनि लकडाउनका कारण यसको उपयोग गर्न नसकिएपछि फिल्म निर्माताले सेट भत्काउनका लागि १५० जना मजदुर पठाएको हो।एक रिर्पोटका अनुसार यसबाट फिल्म निर्माताले ८ देखि ९ करोड भारुको नोक्सान ब्यहोर्नुपर्ने भएको छ। सलमानको टाइगर सिरिजको यो तेस्रो फिल्म हो।
प्रतिक्रिया दिनुहोस्
