सुशान्तले लागुऔषध लिनेबारेमा सँगै काम गरेका नितिश भारद्धाजको जवाफ एजेन्सी। सुशान्त सिंह राजपूतको निधनपछि उनीमाथि लागुऔषध प्रयोग गर्ने आरोप लागेको छ। सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले अनुसन्धानको बयानमा सुशान्त र सारा अलि खानले फिल्म केदारनाथमा काम गर्दा लागुऔषधको प्रयोग गर्ने बताएपछि केदारनाथमा सँगै काम गरेका कलाकार नितिश भारद्धाजले यसबारे बोलेका हुन्। एक अन्र्तवार्तामा नितिशले सुशान्तले धुम्रपान गर्ने भएपनि आफूलाई उनले कहिल्यै लागुऔषधको प्रयोग गर्ने नलागेको बताए।
प्रतिक्रिया दिनुहोस्