काठमाडौं। बलिउड स्टार सलमान खानले ‘दबंग-३’ का खलनायक किच्चा सुदीपलाई कार उपहार दिएका छन्। उनले किच्चालाई करीब डेढ करोड भारू पर्ने कार उपहार दिएका हुन्।
सलमानले किच्चालाई ‘बीएमडब्लु एम-५’ दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। किच्चाले सामाजिक सञ्जाल ट्विटरमा सलमानले दिएको उपहारको फोटो राख्दै उनलाई धन्यवाद दिएका छन्।
उनले लेखेका छन्, “तपाईंसँग जहिले पनि राम्रो नै हुन्छ, जब तपाईं राम्रो काम गर्नुहुन्छ। सलमान खानले मलाई यो लाइनमा भरोसा गर्न सिकाएका छन्। उनी मेरो घरमा प्यारो उपहारसहित आएका थिए।”
सलमानले सुदीपको घरमै पुगेर कार उपहार दिएका थिए। चलचित्र ‘दबंग-३’ ले बक्स अफिसमा १५० करोड भन्दा बढी ग्रस कलेक्सन गरेको छ।
किच्चाले ‘दबंग-३’ मा मुख्य खलपात्र ‘बाली’को भूमिका निभाएका छन्। प्रभुदेवाद्वारा निर्देशित यो फिल्ममा सलमान भने इन्स्पेक्टर चुलबुल पाण्डेको रोलमा देखिएका छन्।