द टाइम्सको ‘५० मोस्ट डिजायरेबल महिला’ २०२०को शीर्ष स्थानमा रिया चक्रावर्ती
एजेन्सी। अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि चर्चामा आएकी रिया चक्रवर्ती द टाइम्सको ‘५० मोस्ट डिजायरेबल महिला’ २०२० सुचीको शीर्ष स्थानमा रहन सफल भएकी छिन्। द टाइम्सले यस सुचीमा हरेक क्षेत्रका महिलाहरुलाई समेट्ने गर्दछ। वर्षमा राम्रो छाप छोड्न सफल महिलाहरुलाई समेटेर निकालिने सुचीमा रियाले बलिउडका चर्चित अनुहारहरु दिपीका पादुकोण, दिशा पाटनी र कटरीना कैफजस्ता अभिनेत्रीहरुलाई पछि पारेकी हुन्।
प्रतिक्रिया दिनुहोस्
