‘ओ माई गड २’ अक्षयसँगै यामी गौतम मुख्य भूमिकामा देखिने
एजेन्सी। २०१२ मा बनेको फिल्म ‘ओ माई गड’ को सिक्वेल ‘ओ माइ गड–२’ मा अक्षय कुमारसँग महिला लिड रोलमा अभिनेत्री यामी गौतम देखिने भएकी छिन्। फिल्मको लिडमा अक्षय कुमारसँगै पंकज त्रिपाठी हुनेछन्।फिल्म ‘ओ माई गड’ लाई उमेश शुक्लाले निर्देशन गरेका थिए भने ‘ओ माई गड–२’ लाई अमिय रायले निर्देशन गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्
