दिलीपको स्वास्थ्य स्थिर, आगामी २/३ दिनमा अस्पतालबाट घर फर्किने
एजेन्सी। श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार दिल्लीस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएका बलिउड अभिनेता दिलीप कुमारको स्वास्थ्य अवस्था हाल स्थिर रहेको उनकी पत्नी सायरा बानोले जानकारी दिएकी छिन्। सामाजिक सञ्जालमा मृत्युको अफवाह फैलिरहेपनि पत्नी बानोले दिलीपको स्वास्थ्य अवस्था स्थिर रहेको बताएकी हुन्। बानोले दिलीपको अवस्था स्थिर रहेकाले आगामी २/३ दिनमा अस्पतालबाट घर फर्किने समेत जनाईन्।
प्रतिक्रिया दिनुहोस्
