मुम्बईमा खाना बाँड्दै सन्नी लियोनका दम्पती
एजेन्सी। बलिउड अभिनेत्री सन्नी लियोनी र पति ड्यानियल वेबरले मुम्बईमा समस्यामा परेकाहरुलाई खाना बाँडेका छन्। सन्नी र ड्यानियलले खाना बाँडेका केही फोटोहरु सामाजिक सञ्जालमा पनि देखिएका छन्। सन्नी दम्पतीले ठूलो संख्यामा आवश्यक मानिसहरुलाई खाना वितरण गरेका हुन्। यसअघि सन्नीले वर्षको सुरुवातामा दिल्लीका १० हजार प्रवासी मजदुरहरुलाई खाना वितरण गरेकी थिईन्।
प्रतिक्रिया दिनुहोस्
