अस्पतालबाट डिस्चार्ज भइन् अर्जुन कपुरकी बहिनी अंशुला एजेन्सी। प्रेशर र सुगरका कारण स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी बलिउड स्टार अर्जुन कपुरकी बहिनी अंशुला कपुर डिस्चार्ज भएकी छन्। अंशुलालाई भेट्न बावु बोनी कपुर र बहिनी जाह्नवी कपुर पनि अस्पताल पुगेका थिए। अस्पतालबाट घर फर्किने क्रममा भएको कुराकानीमा बोनीले अंशुला नियमित टेष्ट र चेकअपको लागि अस्पताल गएको र हाल उनी स्वस्थ रहेको बताए।
प्रतिक्रिया दिनुहोस्